परियोजना कार्यन्वयन एकाईका काम कर्तव्यहरु

  • परियोजना कार्यान्वयनका लागि कृषि सहकारी, समुह र कृषि उद्यमीहरुलाई अभिमुखिकरण तथा क्षमता विकास गर्ने।
  • व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकासका लागि आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा तथा कार्यान्वयन गर्ने।
  • सम्बन्धित वालिको श्रोत केन्द्रका रुपमा कार्य गर्ने।
  • कार्यक्रम तर्जुमा तथा कार्यान्वयनसंग सम्बन्धित निकायहरुविच कार्यमुलक समन्वयको व्यवस्था मिलाउने।
  • परियोजनाको प्रगति मासिकरुपमा परियोजना व्यवस्थापन ईकाईमा प्रतिवेदन गर्ने।

कार्यविधि

प्रविधि तथा प्राविधिक सहयोग

कृषकहरुलाई आवस्यक पर्ने प्रविधि हस्तान्तरणको लागी विभिन्न तालिम तथा गोष्ठिहरु संचालन गरिएका छन्। यसैगरी श्रोत केन्द्र निर्माणमा सहयोग, प्राबिधिक शिक्षालयहरुलाई सहयोग तथा स्थलगत बीउ, माटो तथा बाली संरक्षण सेवा उपलब्ध गराईएको छ ।

कृषि उत्पादन सामग्री सहयोग

उन्नत तथा हाईब्रिड विउ विजन, रसायनिक एवं जैविक विषादीहरु लगायतका अन्य उत्पादन सामग्रीहरुमा अनुदान सहयोग उपलव्ध गराइएको छ। यसरी वितरण गरिने उत्पादन सामाग्रीहरुमा नेपाल सरकारवाट स्वीकृत परियोजना दस्तावेजमा उल्लेख भए अनुरुपको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ ।

कृषि यान्त्रिकरणका लागि कस्टम हाइरिंग सेन्टर स्थापना

यान्त्रीकरण प्रबर्द्धनका लागि तरकारी बालीको उत्पादन देखि  भण्डारणसम्म आवश्यक पर्ने सवै प्रकारका मेशिनरी औजार उपकरणको सेट खरिदमा परियोजना दस्तावेजमा उल्लेख भए वमोजिमको बढीमा ५० प्रतिशत पूंजीगत अनुदान उपलव्ध गराइनेछ ।

पोस्ट हार्भेस्ट सेन्टर स्थापना

कृषि व्यवसायीकरणका लागि प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, ग्रेडिंग, प्रि-कुलिङ, तौलाई, प्याकेजिङ, लेवलिङ, ढुवानी, प्रदर्शन तथा विक्री कक्ष/स्टल लगायतका उत्पादनोपरान्त उपज व्यवस्थापन/ह्याण्डलिङ तथा वजार व्यवस्थापन सम्बन्धी आवश्यक अन्य पूर्वधारहरु र ठूला ढुवानी साधन समेत रहेको एक पोष्ट हार्भेष्ट सेन्टर निर्माण गरिनेछ । यसका लागि परियोजना दस्तावेजमा उल्लेख भए वमोजिम बढीमा ८५ प्रतिशत पूंजीगत अनुदान उपलव्ध गराइनेछ ।

नर्सरी पूर्वाधार विकास सहयोग

स्वस्थ तथा गुणस्तरीय विरुवा उत्पादनका लागि सरकारी-नीजि-सहकारी/समुहको साझेदारीमा जोन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिनेछ । यसका साथै नर्सरी स्थापना गर्न आवश्यक पर्ने सेड हाउस, स्क्रिन हाउस, ग्रीन हाउस लगायतका पूर्वाधारहरु स्थापनामा समेत अनुदान उपलब्ध गराइनेछ । यसका लागि परियोजना दस्तावेजमा उल्लेख भए वमोजिमको बढीमा ८५ प्रतिशत अनुदान उपलव्ध गराइनेछ ।

साना सिँचाई निर्माण तथा मर्मत सम्भार सहयोग

कृषकहरुको लागी आवस्यक साना साना बांध, पैनी तथा कुलो मर्मत, बर्षादको पानी संकलन गर्ने प्लाष्टिक पोखरी, पोखरी सम्म साना साना मूल बाट पानी ल्याउन तथा स्प्रिंकलर संचालन गर्न आवस्यक एचडिपी पोलिथिन पाईप, सिंचाई प्रयोजनको लागी आवस्यक पानी तान्ने मोटर, स्प्रिड्ढलर आदीमा कार्यबिधिमा उल्लेख भए बमोजिम सहयोग गरिनेछ ।

अन्य कार्यक्रम संचालन र सहजीकरण

माथि उल्लेखित दफाहरुमा उल्लेख भएका कार्यक्रमहरुका अलावा परियोजना दस्तावेजको मर्म अनुरुपका सम्बन्धित जोन संचालक समितिको माग वमोजिमका अन्य चालु तथा पूँजिगत खर्च अन्तर्गतका कार्यक्रमहरु समेत आवश्यकता अनुसार संचालन गर्न सकिनेछ । उक्त कार्यक्रमहरु संचालनको लागि नेपाल सरकारको तर्फवाट देहाय वमोजिमको अनुदान सहयोग उपलब्ध हुनेछ ।

क्र.सं.

विवरण

सहजिकरण (Facilitation)

कृषि उत्पादन सामग्रीहरु (वीउ, वेर्ना, विरुवा, माछा भुरा लगायत)

५० प्रतिशत

प्राविधिक सहयोग

१०० प्रतिशत

प्रयोगशाला सेवाहरु

85 प्रतिशत

कृषि औजार तथा उपकरणहरु

५० प्रतिशत

साना सिंचाइ पूर्वाधारहरु

८५ प्रतिशत

उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारहरु

८५ प्रतिशत

केही अत्यावश्यक उत्पादन सामग्रीहरुको व्यवस्थापनका लागि निर्देशक समितिको निर्णायानुसार थप सहजिकरणका विषयहरु निर्णय हुन सक्नेछन् ।