सोच

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने।

लक्ष्य

समग्र कृषि मूल्य श्रृखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत बजारमूखी, उद्योग उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि खाद्यसुरक्षा  सुनिश्चित गर्ने ।

उद्देश्य

 1. प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने

 2. निर्यातयोग्य कृषिबस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,

 3. कृषि लाई सम्मानजनक पेशा एवं नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र

 4. बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।