जोन/सुपरजोन संचालक समिति

जोन व्यवस्थापन तथा कार्यान्वयनको लागि सम्बन्धित जोन क्षेत्रका कृषक समुह, कानुन बमोजिम दर्ता भएका कृषि कार्यमा संलग्न सहकारी, कृषि उद्यमी तथा व्यवसायीहरु मध्येवाटै छानिएका व्यक्तिको प्रतिनिधित्व रहने गरी कम्तिमा 33 प्रतिशत महिला सहितको 9 सदस्यीय जोन संचालक समिति गठन गरिएकोछ। उक्त समितिमा संयोजक, उपसंयोजक, सचिव र सहसचिव एक-एक जना र बाँकी ५ जना सदस्य रहने ब्यवस्था गरिएको छ।

 

माछा सुपरजोन विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएकोले रुपन्देही जिल्लालाई माछाको बिषिष्टिकृत क्षेत्र तोकिएको छ।  हाल सम्म सुपरजोन क्षेत्रको कमाण्ड क्षेत्रफल १००६ हेक्टर रहेको छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा १३२ कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा निजि उद्दमी सहितका जम्मा १६२७ कृषक परिवार लाभान्वित रहेका छन्। सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्विनि सांस्कृतिक नगरपालिका  का गरि जम्मा ४४ वटा वडाहरुमा यो कार्यक्रम संचालनमा रहेको छ। कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी सुपरजोनमा समावेश गरिएको माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने यस व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रमको उदेश्यहरु रहका छन्।

 

गहुँ जोन विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएकोले नवलपरासी (ब.सु.प.) जिल्लालाई गहुँ बालीको बिषिष्टिकृत क्षेत्र तोकिएको छ ।  हाल सम्म जोन क्षेत्रको कमाण्ड क्षेत्रफल ६५४ हेक्टर रहेको छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा ५३ कृषक समूह, कृषि सहकारी संस्था, जल उपभोक्ता समिति तथा निजि उद्दमी सहितका जम्मा १०३७ कृषक परिवार लाभान्वित रहेका छन् । सरावल गाउँपालिकाको ३ र ४ वडा, पाल्हिनन्दन गाउँपालिकाको ६ नं वडा, रामग्राम नगरपालिकाको १६ र १८ वडा तथा सुनवल नगरपालिकाको ११ र १२ वडा गरि जम्मा ७ वटा वडाहरुमा यो कार्यक्रम संचालनमा रहेको छ। कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी सुपरजोनमा समावेश गरिएको गहुँबालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने यस व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमको उदेश्यहरु रहका छन्।