कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक २७)

मौसमी सारांश:

  • गत साताको वर्षाको तथ्याङ्क अनुसार देशका पूर्वी र मध्य पहाडी भेगका थोरै केन्द्रहरुमा साताको शुरूमा हल्का वर्षा मापन गरिएको छ। त्यसै गरि देशका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी अधिकतम तापक्रम मापन भएको छ। विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा साप्ताहिक औसत अधिकतम तापक्रम सरदर भन्दा बढी मापन गरिएको छ भने देशका अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। देशको पश्चिमी भू-भागका केही उच्च पहाडी स्थानहरूमा ५.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ। 
  • यस साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर र बाँकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी प्रदेशमा साताको सुरु र अन्त्यमा र बाँकी प्रदेशमा साताको सुरुमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको सुरुमा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।
  • यस साता देशभर न्यूनतम तापक्रम र अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ। यो साता न्यूनतम तापक्रम र अधिकतम तापक्रम सरदर भन्दा केही माथि रहने देखिन्छ।

मनसुन बहिर्गमन

  • २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको छ। २०८२ असोज २० का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्विनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरु र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरुबाट मनसुन बहिर्गमन शुरु भएको थियो। नेपालमा मनसून बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्स मनसुन ८ दिन ढिलो गरि बाहिरिएको छ।

कृषि सारांश

  • यस साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिएकोले पाकिसकेको धान मौसमको अवस्था हेरी भित्राउनुहोस्।  
  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
  • धान काटिसकेपछिको समय माटोको नमुना संकलन गर्ने र माटो जाँच्ने सबैभन्दा उपयुक्त समय भएकोले आफ्नो खेत, बारीको माटो जाँच गरी माटोको स्वस्थताको अवस्था थाहा पाउनुहोस्।      
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- मुडुले-१, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल, डब्लु.के. १२०४, स्वर्गद्वारी, पासाङ्ल्हामु, डाँफे, भेरीगंगा, कौटिला, मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले मौसमको अवस्था हेरी लगाउनुहोस्।
  • सुन्तलाजात फलफूलको नर्सरीमा बिजु विरुवा उत्पादन गर्नको लागि आवश्यक पर्ने बीउ र कलमी विरूवा उत्पादनको लागि तीनपाते सुन्तलाको बीउ नर्सरीमा जमाउनुहोस्। 
  • तरकारीको बेर्ना सारेको १५-२० दिन भएको तरकारी बालीहरुको बोट वरिपरि रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा आलुका सिफारिस जातहरु (खुमल सेतो-, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो , आईपिवाई , कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३) मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ भरपर्दो श्रोतहरुबाट व्यवस्थापन गरि आवश्यक मात्रामा (८०-१०० के.जी. प्रति कट्ठा) रोप्नुहोस्। जग्गा तयारीको बेलामा ७५० के.जी. कम्पोष्ट, . के.जी. डि..पी., . के.जी. युरिया . के.जी. एम..पी. प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।
  • कफी बगैंचामा सेतो गवारोको वयस्कले फुल पार्ने समय भएकोले मदाने पासोद्वारा नियमित अनुगमन गर्नुहोस, ओईलाएका बोट तथा हाँगाहरु काटेर जलाउनुहोस्, काण्डमा बोर्डोपेष्टको लेप लगाउनुहोस्।
  • चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्छ जसले गर्दा पशुवस्तुको स्वास्थ्यमा समस्या आउनुका साथै त्यसबाट उत्पन्न हुने बिषका कारण पशुपन्छी तथा माछामा प्रतिकूल असर पर्ने भएकोले दानालाई सकेसम्म सुख्खा राख्नुहोस्। 
  • हावामा आर्द्रता बढी भएको वा खोर चिसो र हिलो भएको अवस्थामा कुखुराहरुमा सुलसुले, जुम्रा जस्ता बाह्य परजिवीहरुको समस्या देखिने हुँदा दैनिक रुपमा खोरको अनुगमन गर्नुहोस्। यदि सुसलसुले जस्ता परजिवीहरु देखिएमा, बाह्य परजिवीनाशक विषादीहरु जस्तै- स्पिनोसाड, साईपरमेथ्रिन, वा एमिट्राज दक्ष प्राविधिकको सल्लाहमा आवश्यकता अनुसारले प्रयोग गर्नुहोस्।
  • माछापोखरीमा मलको मात्रा बढी भएमा पानीको पारदर्शिता २० से.मी. भन्दा कम हुन्छ। मलको मात्रा उपयुक्त हुँदा पानीको पारदर्शिता २०-४० से.मी. को बिचमा हुन्छ। पानीको पारदर्शिता ४० से.मी. भन्दा बढी भएमा मलको मात्रा कम भएको बुझिन्छ। यस्तो अवस्थामा माछापोखरीमा १५ दिनको फरकमा १०-१५ के.जी. कम्पोष्ट राख्नुहोस्। यसका अतिरिक्त ७०० ग्राम यूरिया ५०० ग्राम डि..पी. प्रति कठ्ठाका दरले पानीमा घोलेर पोखरीको सबैतिर पर्ने गरि दिनको फरकमा राख्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।