कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १)

मौसमी सारांश:

  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी लुम्बिनी प्रदेशको अर्घखाँची जिल्लामा रहेको खाँचीकोट केन्द्रमा ७०.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका सबै स्थानहरुमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका अधिकांश तराईका स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका केही तराईका स्थानहरुमा ३०.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूर-पश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको गोदावरी केन्द्रमा सबैभन्दा बढी ३4.6 डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यस साता स्थानीय वायू तथा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।  
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरूमा थोरै स्थानहरुमा तथा मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। 
  • पहाडी भू-भागः साताको शुरूमा केही स्थानहरूमा, मध्यमा थोरै स्थानहरु र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना छ। 
  • तराई भू-भागः मूख्यतया साताको शुरुमा थोरै स्थानहरूमा र साताको मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। विशेषगरि तराईका एक-दुई स्थानहरूमा साताभर तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना छ।
  • देशभरका धेरै स्थानहरूमा साताभर अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ। 

कृषि सारांश

 

  • प्रि-मनसुनको समयमा मध्यान्हपछि चट्याङ, हावाहुरी र असिनाको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्। समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस्। जोखिमको समयमा पशुवस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस्।
  • चैते धानमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक २५ लिटर पानीमा १२.मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा .मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्।
  • आगामी साता स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने देखिएकाले खास गरी गहुँ, मुसुरो लगायतका बाली भित्र्याउदा मौसमको अवस्थालाई विशेष ध्यान दिनुहोस्। पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक-दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लो ठाँउ अथवा शेड भित्र सुकाउने, काट्नै पर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउने कार्य गर्नुहोस्। 
  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा भएको हुनाले विशेष गरी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाहरुमा नपाकेको / हरियो गहुँमा सिन्दुरे रोग लाग्ने सम्भावना भएकोले अनुगमन गरि उचित ब्यवस्थापन गर्नुहोस्।
  • फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टोप्लेक्स ०.२५-०.५ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्कनुहोस्।
  • सुन्तलाजात फलफूल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
  • हावाहुरीबाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
  • आलुबालीमा लाग्ने अगौटे डढुवा रोगको नियमीत अनुगमन गर्नुहोस्। रोगको प्रकोप देखिएमा सेक्टिन १.५ ग्राम प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि साँझपख छर्नुहोस्।
  • केराउ/सिमीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी मालाथियन 50% ई.सि. वा रोगर ३०% ई.सी. २.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर र प्रकोप ज्यादा भएमा क्लोरानट्रानिलिप्रोल (18.5% SC) वा स्पिनोसाड (45% SC) १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर साँझपख छर्कनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्कनुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-पटकसम्म छर्कनुहोस्।
  • दुधालु गाईभैंसीलाई थुनेलोको समस्याबाट जोगाउन हरेक पटक दुध दोहिसकेपछि ग्लीसिरन र पोभिडिन आयोडिनको १:९ को अनुपातमा बनाईएको झोलमा कम्तिमा पनि ३० सेकेन्डसम्म थुन डुबाउनुहोस्।
  • कुखुरा र टर्कीहरुमा बाह्य परजीविको समस्या देखिएमा यसको उपचार तथा नियन्त्रणका लागि बुटोक्स ३ एम.एल. प्रति लिटर पानीका दरले मिसाई खोरको भित्र-बाहिर सबै स्थानमा राम्रोसँग भिज्नेगरि स्प्रे गर्नुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको प्रजनन् समय भएको हुँदा हरेक हप्ता माउ पोखरीबाट परिपक्क भाले र पोथी माछा छनौट गरी करिव २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरेपछि प्रजननका लागि प्रयोग गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।