कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३९)

मौसमी सारांश:

  • गत साता देशको थोरै केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको पाटन नयाँ केन्द्रमा १९.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशका केही तराईका स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानहरूमा 25.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको झापा जिल्लामा रहेको गैंडा केन्द्रमा सबैभन्दा बढी २६.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।                                    
  • कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साताको मध्यमा हल्का हिमपात/वर्षाको सम्भावना छ। साताको मध्यमा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने सम्भावना छ।
  • साताको मध्यमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
  • साताको मध्यमा देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। साताको शुरू तथा अन्त्यमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने देखिन्छ।
  • साताको शुरू तथा अन्त्यमा तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ।
  • यो साता तराई भू-भागमा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तथापि हिमाली तथा पहाडी भू-भागको न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।
  • साथै देशभरी नै अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना छ।

कृषि सारांश

 

  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) माटोमा चिस्यान कायम गरी सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस्।
  • गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. ग्राम प्रति रोपनी वा .ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • तोरीबालीमा लाही कीराको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस्। फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि तयारी एक घन मिटर साइजको खाडलको विचमा कलमी गरिएको भाग नपुरिने गरि विश्वसनिय श्रोतबाट बिरुवा व्यवस्था गरि रोप्नुहोस्।
  • जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
  • तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी., २.५ ग्राम वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
  • चिसोबाट जोगाउन पशुवस्तुहरुलाई रातको समयमा न्यानो हुने गरी राख्ने बन्दोबस्त मिलाउनुहोस्। स-साना जनावरहरुलाई बिहान चिसो पानीको सट्टा मनतातो पानी खान दिनुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई ४% युरियाले उपचार गरिएको पराल वा युरिया मोलासिस ब्लक खुवाउनुहोस्। साना बाच्छा-बाच्छी, पाडा-पाडी र प्रजननको साँढे लाई युरिया उपचार गरिएको पराल खुवाउनु हुँदैन।
  • न्यानो पानीमा हुर्कने माछाले पानीको तापक्रम २० डिग्री सेल्सियस भन्दा कम भएपछि दाना कम खान्छ १४-१५ डिग्री भन्दा कम भएपछि नखान सक्छ। चिसो पानीमा पालिने ट्राउट माछाले ८-डिग्री भन्दा कम भए राम्ररी दाना खाँदैन। त्यसैले पोखरीको पानीको तापक्रम र दाना खाए/नखाएको अनुगमनको आधारमा थप दानाको व्यवस्थापन गर्नुहोस्। पानी फेरबदल गर्दा बोरिंगको पानी प्रयोग गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।