कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३०)

मौसमी सारांश:

  • आगामी साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ।
  • कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी तथ हिमाली भू-भागमा साताको शुरु र अन्त्यमा आंशिक देखि साधारणतया बदली तथा मध्यमा साधारणतया देखि पूर्णतया बदलीको सम्भावना छ।
  • कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा साताको शुरु र अन्त्यमा थोरै स्थानहरूमा तथा मध्यमा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
  • कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साताको मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • साताको मध्यमा देशको अधिकतम तापक्रम हल्का घट्ने सम्भावना छ।
  • देशका तराई भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

  • कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साताको मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले पाकेको धानबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्। नकाटेको धानलाई मौसम सफा भई पानी पर्न रोकेको ३-४ दिनपछि मात्र धान काट्नुहोस्। पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि काट्नुहोस् र खेतमा नछोडी भित्र्याउनुहोस्।
  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
  • धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • मध्यपहाडका लागि गहुँवालीको सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरी छर्नुहोस्।
  • पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ के.जी. प्रति रोपनीका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा आलुका सिफारिस जातहरु (खुमल सेतो-, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो , आईपिवाई , कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल) मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलुलाई उपचार गरेर मात्र रोप्नुहोस्। जग्गा तयारीको बेलामा ७५० के.जी. कम्पोष्ट, . के.जी. डि..पी., . के.जी. युरिया . के.जी. एम..पी. प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।
  • गोलभेँडामा अगौटे डढुवाको प्रकोप कम भने मेन्कोजेब ७५% डब्लु.पि. . ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्। यदि डढुवाको प्रकोप बढि नै भने सेक्टिन २ ग्राम प्रति लिटर पानीमा घोलेर बोट भिज्नेगरि १० दिनको फरकमा स्प्रे गर्नुहोस्।
  • चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरु पशुलाई दिँदा पेट ढाडिने समस्या हुन सक्छ। तसर्थ त्यस्ता खानेकुरा पशुलाई सकभर नदिनुहोस् दिनुपर्ने भएमा राम्ररी पकाएर घाँस, पराल भाग उक्त चिल्लो खानेकुरा भागको अनुपात मिलाएर दिनुहोस्।
  • मध्यपहाड तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।