कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २७)

मौसमी सारांश:

  • गत साता देशको थोरै केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको भने सबैभन्दा बढी कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा रहेको चैनपुर केन्द्रमा १००. मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका सबै स्थानहरूमा ३० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम . डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशीबागमती गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहने सम्भावना छ।
  • देशको पहाडी तथा हिमाली भू-भागमा साताको शुरु मध्यमा आंशिक देखि साधारणतया बदली तथा अन्त्यमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।
  • कोशी, बागमती गण्डकी प्रदेशका पहाडी भू-भागमा साताको शुरू मध्यमा थोरै स्थानहरूमा तथा साताको अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • मधेश, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • देशभर अधिकतम तापक्रम साताको अन्त्यमा हल्का बढ्ने न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।

कृषि सारांश

  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
  • धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • वीउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नुहोस्। सुपर ब्याग उपलब्ध नभएको अवस्थामा हावा नछिर्ने भाँडो (मेटल वीन, घ्याम्पो, भकारी, आदी) मा राखी बीउ भण्डारण गर्नुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ . के.जी. प्रति रोपनीको दरले उपचार गरी छर्नुहोस्।
  • मध्यपहाडका लागि गहुँवालीको सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरी छर्नुहोस्।
  • मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरीएका तोरीको जात; लुम्ले -, मध्य पहाडको लागि प्रगति सुर्खेत स्थानिय तोरी -, बेंसीको लागि उन्नति प्रिती, तराई भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-, सुर्खेत स्थानिय तोरी - तथा नवलपुर स्थानिय- मध्ये उपलब्ध जात . के. जी. प्रति रोपनी वा .३४ के.जी. प्रति कट्ठा बीउका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ के.जी. प्रति रोपनीका दरले बीउ उपचार गरी छर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीमा आलुको खुमल सेतो-, खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो , आईपिवाई , कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरूको टुसाएको बीउ रोप्नुहोस्।जग्गा तयारीको बेलामा ७५० के.जी. कम्पोष्ट, . के.जी. डि..पी., . के.जी. युरिया . के.जी. एम..पी. प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।
  • बाख्रामा मोओला लागेमा ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नुहोस्।
  • मध्यपहाड तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।