कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३६)

 

मौसमी सारांश:

  • हाल भारतको छत्तिसगढ आसपास रहेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव साताको शुरूमा मधेश प्रदेश र कोशी प्रदेशमा रहेकाले एक-दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको छ।
  • साताको शुरू तथा अन्त्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहने तर साताको मध्यमा पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ।
  • सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा साताको मध्यमा थोरै स्थानहरुमा तथा शुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।अन्य प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का बर्षा हिमपातको संभावना रहेको छ।
  • कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा साताको शुरूमा तथा देशका बाँकी तराईमा साताभर हल्का कुहिरोको संभावना छ। उक्त कुहिरो मध्यान्न सम्ममा/पछि क्रमिक रुपमा सुधार हुँदै जाने संभावना रहेको छ।
  • देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तर साताको मध्यमा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागको उच्चतम तापक्रममा हल्का गिरावट आउने संभावना रहेको छ।

कृषि सारांश

  • तराईमा सिन्दुरे रोग कम गर्न जिङ्क गहुँ-१, जिङ्क गहुँ-२, बोर्लग २०२०, बि.एल. ४३४१ र बाणगंगा गहुँका जातहरु छर्नुहोस्।
  • गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको १-५ दिनभित्र पेन्डीमिथालिन ३०% ई.सी., १५० मिलिलिटर प्रति रोपनीको लागि २५ लिटर पानीमा वा १०० मिलिलिटर प्रति कठ्ठाको लागि १७ लिटर पानीमा माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस् फुल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहो र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारोको अनुकूल मौसम भएकोलेनियमीत अनुगमन गरि व्यवस्थापनको लागि परजीबीकीराट्राइकोग्रामाकोप्रयोगगर्नुहोस्।गबारोकोप्रकोपधेरैभएमाक्लोरनट्रानिलिप्रोल 18.5% एस.सी. वास्पिनोसाड 45% एस.सी.,१एम.एल. प्रति३लिटरपानीमामिसाएरसाँझपख छर्कनुहोस्।
  • सुख्खायाम शुरु भएकोले माटोमा चिस्यान कायम राख्न फलफूलको बोट वरिपरि छापोको व्यवस्था गर्नुहोस्।
  • मध्य पहाडको बारी जग्गामा भदौमा लगाइएको आलुलाई मौसमको अवस्था हेरि खन्नुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको) खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
  • तापक्रम घट्ने क्रम जारी भएकोले मौरीघारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्।साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस पोषणतत्वको कमी हुने उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडाबाख्राहरुलाई युरिया मिश्रित पराल (४% युरिया) वा युरिया मोलासेस ब्लक खुवाउनुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्री योग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • ईपिल ईपिल घाँसको बीउ पाक्ने समय भएकोले पाकेको कोसाहरु बोटबाट टिपेर राम्ररी घाममा सुकाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५देखि ६:३५ बजेसम्म प्रसारण हुनेगर्दछ।