![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ५१)
मौसमी सारांश:
- यो साताको शुरूमा पश्चिमी वायुको बढी नै प्रभाव रहने तर मध्य र अन्त्यमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि सामान्य प्रभाव रहने छ।
- साताको शुरूमा हिमाली भू-भागमा केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
- साताको शुरूमा देशभरका पहाडी भू-भागमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको मध्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- साताको अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- देशका तराईका भू-भागको अधिकतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने तर बाँकी भू-भागमा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- साताको शुरुमा (आईतबारसम्म) तराईका केही भू-भागमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले पाकेको मुसुरोबाली तथा गहुँबाली नकाट्नुहोस्, काटिसकेको बालीलाई उचित व्यवस्थापन गर्नुहोस्। सोमबारपछि मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकालीधान-३, चन्दननाथ-१ रचन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५के.जी प्रतिरोपनीका दरले व्यवस्था गर्नुहोस्।
- मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञामध्ये उपलब्ध जातको बीउ १-१.५ के.जी. प्रति कट्ठाका दरले छर्नुहोस्।
- फलफूल बालीको फलफुट्नेसमस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्सवा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
- सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
- अनारमा लाग्ने पुतलीको कारणले फल झर्ने र कुहिने समस्या हुने हुँदा फूल फुलेदेखि फल तयार हुने बेलासम्म यस समस्याको समाधानका लागि नीमजन्य विषादी ०.३ ई.सी., ५ एम.एल. प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा ४ पटकसम्म छर्नुहोस्।प्रकोप अधिक देखिएमा बगैँचाहरुमा साईपरमेथ्रिन (१०% ई.सी.) २ एम. एल. प्रति लिटर पानीमा घोली १५ दिनको फरकमा ३ पटकसम्म छर्कनुहोस्।
- भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ एस.सी., ०.२ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख पानी नपरेको समयमा छर्कनुहोस्।
- प्याजको शीते ढुसी रोगको प्रकोप व्यवस्थापनको लागि रोगग्रस्त पातहरु हटाई मेन्कोजेववा मेटाल्याक्जिल विषादी २ ग्राम प्रति लिटर पानीको झोलले पातहरु भिज्नेगरि हप्तादिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- उखुबालीमा टुसा पसाउने गवारोको प्रकोप कम गर्न उखु रोपेको ४५ र ६० दिनमा ३ ईन्च जति माटो चढाएर हल्का सिँचाई गरि थायोडीकार्प२ ग्राम प्रति लिटर पानीको दरले प्रति हेक्टर८००-१०००लिटरघोल साँझपख छर्नुहोस्।
- खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।