कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ४७)

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका केन्द्रहरु मध्य सबैभन्दा बढी गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको खैरेनीटार केन्द्रमा ७३.४ मि.मि. वर्षा मापन भएको छ।तराईका एक-दुई स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३२.४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -२.२ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता पश्चिमी वायुको सामान्य प्रभाव रहने छ।
  • हिमाली भू-भागमा साताको अधिकांश दिनहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
  • पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रह एक वा दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना रहेको छ।
  • देशका तराईका भू-भागहरुमा मौसममा आंशिक बदली देखि सामान्यतया सफा रहने छ।
  • देशको अधिकांश भू-भागहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का वृद्धि हुनेछ।

कृषि सारांश

  • लामो समयदेखि देशका अधिकांश स्थानहरुमा वर्षा नभएको तथा आगामी सातामा पनि वर्षाको संभावना न्यून देखिएकोले बालीनालीमा चिस्यानको अवस्था अनुगमन गरी सिंचाईको व्यवस्थापन गर्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ लगाउनुहोस्।
  • देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।  
  • यो समयमा फूल फुल्ने फलफुलहरु जस्तै-कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले गुणस्तरीय फल उत्पादनको लागि पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
  • आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्कनुहोस्
  • तापक्रम बढ्न शुरु भएसँगै सुन्तलाजात फलफूलको डाँठमा प्वाल पार्ने गवारो, पात खन्ने कीरा, पुतलीको लार्भारकत्ले कीराको प्रकोप बढ्न सक्ने भएकोले बगैँचा निरीक्षण गरी कत्ले कीरा व्यवस्थापनको लागि खनिज तेल १० एम.एल. प्रति लिटर र गवारो तथा पात खन्ने कीराको व्यवस्थापनको लागि स्पिनोस्याड ४५% एस.सी., ०.३ एम.एल. प्रति लिटर पानीमा राखी छर्कनुहोस्।
  • लसुन तथा प्याजमा थ्रिप्स कीराको प्रकोप ज्यादा भएमाडाइमेथोएट ३०% ई.सी., २ एम.एल. प्रति लिटर पानीमा मिसाई बेलुकीपख थ्रिप्स लागेको ठाउँमा भिज्नेगरी छर्कनुहोस्।
  • लसुन, प्याज, सिमी तथा बकुल्लामा सिन्दुरे रोगको प्रकोप देखिएमा रोगी पातहरु हटाएर प्रोपिकोनाजोल २५% ई.सी. वाटेबुकोनाजोल र ट्राइफ्लोक्सिस्ट्रोबिन ७५% डब्लु.जी., १ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण पातहरु भिज्नेगरि १०-१२ दिनको फरकमा २-३ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
  • खोरेत र चरचरे विरुद्द खोप लगाउने समय भएकोले नजिकैको प्राबिधिकसँग सम्पर्क गरि पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्।
  • यो समयमा पन्छीहरुमा बर्डफ्लूको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकैपटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखापरेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा विशेष सतर्कता  अपनाई नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
  • यो समयमा रेन्बो ट्राउट माछाको भुराहरुमा फनफने रोग देखा पर्न सक्ने हुँदारोग व्यवस्थापनको लागिह्याचरी र भुरा हुर्काउने पोखरीमा आउने पानी श्रोतको फिल्टर ट्याङ्कीमा तीन ईन्च पानी बराबर ३० वाटको पराबैजनी बल्ब डुबाई, भुरा ह्याचरी र इनडोर नर्सिंग रेश्वेमा भुराहुर्काउने अवधिभरपानीलाई निर्मलीकरण गरेर पठाउनुहोस्। यस परबैजनी बल्बलाई नांगो आँखाले हेर्न नमिल्ने र मानवीय क्षती हुनसक्ने हुँदासो निर्मलीकरण ट्याङ्कीमा बल्बबलेको समयमा ढकनीले अनिवार्य रुपमा छोप्नुका साथै वरिपरी अनावश्यकआवत-जावत/गतिबिधि रोक्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्