नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २५)
मौसमी सारांश:
- गत साता देशका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको कैलIली जिल्लामा रहेको चिसापानी कर्णाली केन्द्रमा सबैभन्दा बढी ४९०.१ मि.मि. वर्षा मापन भएको छ। तराईका धेरैजसो भू-भागहरुमा ३० डि.से. भन्दा बढी र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरु र अन्त्यमा अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली र साताको मध्यमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्णतया बदलीको संभावना छ।
- साताको शुरुमा देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा; साताको मध्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा र कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
- साताको अन्त्यमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको मध्यमा देशका धरै भू-भागमा अधिकतम तापक्रम केही घट्ने र साताको अन्त्यमा न्यूनतम तापक्रम केही घट्ने संभावना छ।
कृषि सारांश:
- साताको मध्यमा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा र कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेकोले खेत, बारी र बगैँचामा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्।
- धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
- तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु- मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड-६, खुमल हाइब्रिड मकै-२ र पोसिलो मकै-२ मध्ये उपलब्ध जातको बीउ रोप्नुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६ के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात; लुम्ले-१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी-३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातको बीउ छर्नुहोस्।
- किवीफलमा कटिङ्गबाट तयार गरेको बेर्ना कम सर्ने समस्या देखिएकोले ग्राफ्टिङ गरेको बेर्नाको प्रयोग गर्नुहोस्।
- मध्यपहाडको बारी जग्गामा भाद्र महिनाको मध्यतिर लगाएको आलुबालीमा ४.३५ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
- तराई, भित्री-मधेश तथा बेँशीको लागि खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३ मध्ये उपलब्ध आलुका जातहरूको गुणस्तरीय बीउ आवश्यक मात्रामा (८० देखि १०० के.जी. प्रति कठ्ठा) कोल्ड स्टोरबाट झिकी ओभानो ठाँउमा फिँजाएर टुसाउन दिनुहोस्।
- मध्यपहाडी क्षेत्रमा ड्याङ उठाएर मिनो अर्ली र प्युठाने रातो जातको मूला तथा बेमौसमी बकुल्ला सिमी लगाउनुहोस्।
- काउली, बन्दा र रायो बालीहरुको माटो उपचार गरी नर्सरी राख्नुहोस्।
- बोरोन (सुक्ष्म खाद्यतत्व) को कमीले काउली बालीमा खैरो धब्बा आउन नदिन बोरेक्स १ के.जी. प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
- चाडपर्वको समयमा विभिन्न ठाँउहरुबाट आयात हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना भएकोले घरमा पालिएका खसी, बोका, बाख्रा र भेडा च्याङ्ग्राहरुमा पिपिआर विरुद्द खोप लगाइहाल्नुहोस्।
- बाख्राको मोओलाको लागी ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नुहोस्। मोओलाको भाइरस घाउ, चोटपटक लागेको वा काटेको ठाँउबाट मानिसमा सरी त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्छ।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।